• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    नाबालिका छोरी मार्ने आमा र अर्का एक पुरुष पक्राउ

    813
    SHARES


    काठमाडौँ। छ महिने नाबालिका छोरीलाई ट्वाइलेटको खाल्डोमा फालेर मार्ने आमासहित एक पुरुष पक्राउ परेका छन् । नाबालिका छोरीलाई खाल्डोमा फालेर मार्ने कार्यमा संलग्न स्याङ्जाको गल्याङ नगरपालिका-२ इलुङ्गा बस्ने २२ वर्षीया लक्ष्मी राना र पाल्पाको रामपुर नगरपालिका-१० कुमालगाउँ बस्ने २२ वर्षीय केदार कुमाल शुक्रबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए ।

    रामपुर-१० का २२ वर्षीय कुमालसँग साउन १० गते रानाले घरमा कसैलाई नसोधी छ महिनाको छोरीसहित भागी विवाह गरेको निवेदन परिवारले प्रहरीमा दिएसँगै खोजी गर्ने क्रममा साउन २० गते शुक्रबार गल्याङ बजारबाट नियन्त्रणमा लिइएको प्रवक्ता खनालले बताए ।

    पक्राउ गरी अनुसन्धानका क्रममा रानाले छ महिनाको छोरीलाई १० गते राति १२ बजेको समयमा घरकै अस्थायी ट्वाइलेटको खाल्डोमा फालेको खुलेकाले खोजी गर्दा सडेगलेको अवस्थामा बच्चाको लास फेला परेको थियो ।

    प्रहरीले राना र कुमाल दुवैलाई नियन्त्रणमा लिई ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरेको बताएको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ