• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    युक्रेन युद्ध : कब्जा भएका क्षेत्रमा जनमत संग्रह गराएर रुसमा गाभ्ने तयारी हुदै

    783
    SHARES


    काठमाडौँ । रुसले युक्रेनमा कब्जा भएका क्षेत्रमा जनमत संग्रह गराएर ती क्षेत्रलाई आफ्नो भूभागमा गाभ्ने तयारी गरेको छ । कब्जा भएका क्षेत्रका स्थानीयलाई रुसी राहदानी, रुसी मोबाइल नम्बर र रुसी टेलिभिजन हेर्नको लागि सेट-टप बक्स दिइएको छ । युक्रेनी मुद्राको सट्टा रुसी रुबल प्रयोग भइरहेको छ ।

    इन्टरनेट प्रसारण रूसी सर्भरमार्फत भइरहेको छ । यसको विरोध गर्नेहरु सयौं व्यक्ति पक्राउ परेका छन् । रुसले कब्जा गरेका क्षेत्रमा डर र लोभमार्फत रूसी जीवनशैली अपनाउन प्रयास गरिँदैछ । निलो, सेतो र रातो होर्डिङमा लेखिएको छ, हामी एक छौं, हामी रुसका साथ छौं । रुसी राष्ट्रपति पुटिन आफ्नो कब्जामा रहेको क्षेत्रमा रुसले जित्ने गरी जनमत संग्रह गराउन चाहन्छन् ।

    रुसको कब्जामा रहेका युक्रेनको दक्षिणमा खेरसनजस्ता सहर र गाउँहरूमा रुसी नियुक्त प्रशासकहरूले सेप्टेम्बरमा चुनाव गराउने तयारी गरेका छन् । यो भोटको नतिजामार्फत यस क्षेत्रका जनता रुससँग बस्न चाहन्छन् भन्ने कुरा थाहा हुनेछ ।

    नयाँ निर्वाचन आयोगहरूमा रूसीहरू नियुक्ति भइरहेका छन् । युक्रेन र पश्चिमी देशका अधिकारीहरूले भने हाल गरिने कुनै पनि जनमत संग्रह वैध नहुने बताएका छन् । युक्रेनका विश्लेषकहरूले जनमत संग्रहमार्फत पुटिनले युक्रेनका नियन्त्रित भूभागको नियन्त्रणलाई वैधता दिने प्रयास गरेको बताएका छन् ।

    रूसी अधिकारीहरूले जनमत संग्रह गर्न खोजेका चार क्षेत्रमध्ये एकमा पर्छ , खेरसन क्षेत्र । त्यसबाहेक जोपोरभिझिया, लुहान्स र दोनेत्स्क क्षेत्रमा पनि जनमत संग्रह हुनेछ । ​ जनमतसंग्रहको तयारीको बीचमा, पुटिनले गत महिना यी क्षेत्रको पूर्ण नियन्त्रण लिन चाहेको बताएका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ