रुकुम पश्चिम । रुकुम पश्चिममा अरिङ्गालले चिलेर एक जनाको ज्यान गएको छ । अरिङ्गालले चिलेर त्रिवेणी गाउँपालिका १ का ३८ वर्षीय सुवर्ण सुनारको ज्यान गएको हो ।
तीन दिन अगाडि अरिङ्गालले चिलेका सुनारलाई आज आइतवार उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा ज्यान गएको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिए । सुनार त्रिवेणी गाउँपालिका अन्तर्गत कर सङ्कलन केन्द्र झुल्नेटामा कर सङ्कलक पदमा कार्यरत थिए ।
साथीहरूसँग सल्यानको बाँफुखोलामा अरिङ्गाल झार्न गएको बेला उनलाई ५० वटाभन्दा धेरै अरिङ्गालले चिलेकाे थियाे । अरिङ्गालले चिलेपछि तीन दिनसम्म झुल्नेटामा रहेको स्वास्थ्य संस्थामा उपचार गर्दा ठिक नभएपछि उनलाई आज नेपालगञ्ज लगिँदैगर्दा बाटोमै ज्यान गयको हो ।
प्रतिक्रिया