• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कर्णाली समाचार

    सुर्खेतमा ‘सिजनल फ्लु’ का बिरामी बढ्दै, हेलचक्रयाइँ नगर्न डा. के एन पौडेलको आग्रह

    0.9K
    SHARES


    सुर्खेत। पछिल्लो समय सुर्खेतका स्वास्थ्य चौकी तथा अस्पतालहरुमा ‘सिजनल फ्लु’का बिरामी बढ्न थालेका छन् । ज्वरो आउने, टाउको दुख्‍ने, जिउ दुख्‍ने, थकाइ लाग्‍ने, घाँटी खसखसाउने वा दुख्‍ने जस्ता समस्या लिएर अस्पताल आउने बिरामीको चाप बढ्दै गएको कर्णाली प्रदेश अस्पताल सुर्खेतले जनाएको छ ।

    अहिले दैनिक जसो प्रदेश अस्पतालमा डेढ दुई सयको हाराहारीमा र प्राइवेट क्लिनिकहरूमा यस्तो लक्षण भएका बिरामी उपचारका लागी आउने गरेको स्वास्थ्य संस्थाहरुले जनाएका छन् ।

    कोरोना भाइरस जस्तै इन्फ्लुएन्जा भाइरसका विभिन्न प्रजातीहरुले ‘सिजनल फ्लु’ बनाउने कर्णाली प्रदेश अस्पतालमा कार्यरत जनरल फिजिसियन डा. के एन पौडेलले जानकारी दिए । ‘सिजनल फ्लु पनि स्वासप्रश्वासबाट सर्छ,’ पौडेलले भने, ‘एकजना रुघा लागेको व्यक्ति छ भने सँगै बसेको अर्कोलाई यो कोभिड जस्तैसर्ने गर्छ।’

    सिजनल फ्लुबाट वृद्धवृद्धा, दीर्घरोगी र बालबालिकाहरु बढी प्रभावित भएका छन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले पनि मौसमी रुघाखोकी र कोभिड मध्य के भएको भनेर छुट्याउन नागरिकलाई समस्या भएको छ ।

    पछिल्लो केही दिन यता कोरोनाका बिरामीको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको बताउँदै उनले सतर्कता अपनाउनुपर्ने स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले सुझाव दिए ।

    ‘केही दिन यता कोरोनाको संक्रमण हुने दर बढेको छ तर उहाँहरुको अस्पतालमा आइसोलेट हुने अवस्था भने छैन,’ उनले भने, ‘पछिल्ला दिनहरुमा हेलचक्रयाइँ बढ्दै गएको छ ।’ स्वास्थ्य संस्थामा कोभिडको खोपहरु पर्याप्त भएतापनि नागरिकहरु खोप लगाउन आउन छोडेको उनले बताएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया