काठमाडौं । प्रिमियर लिग क्लब बर्नेमाउथले गोलकिपर नेटोलाई अनुबन्ध गरेको छ । बर्नेमाउथले आइतबार ब्राजिलियन गोलकिपर नेटोलाई बार्सिलोनाबाट फ्री ट्रान्सफरमा अनुबन्ध गरिएको जनाएको छ ।
३३ वर्षीय गोलकिपरले बर्नेमाउथसँग एक वर्षको सम्झौता गरेका छन् । बार्सिलोनामा तीन सिजन बिताएर उनी प्रिमियर लिग आएका हुन् । उनले बार्सिलोनाका लागि १२ ला लिगा खेलेका थिए ।
बार्सिलोना आउनु अघि उनले युभेन्ट्स, भ्यालेन्सिया र फियोरेन्टिनाका लागि खेलेका थिए । ब्राजिलका लागि उनले एक खेल खेलका छन् ।
प्रतिक्रिया