• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    हलिउड अभिनेत्री एनी गम्भीर घाइते

    759
    SHARES


    काठमाडौँ। हलिउड अभिनेत्री एनी हेचे सडक दुर्घटनामा गरेकी छन् । उनको कार लस एन्जलसको मार भिस्टा क्षेत्रमा रहेको एउटा भवनमा ठोक्किएर दुर्घटनामा परेको हो । दुर्घटनामा ५३ वर्षीया एनी गम्भीर घाइते भएकी छन् । दुर्घटनापछि उनलाई अस्पताल पुर्याइएको थियो ।

    उनको अवस्था अहिले नाजुक रहेको बताइएको छ । एनीले ‘भल्केनो’, ‘सिक्स डेज सेभेन नाइट्स’, ‘डोनी ब्रास्को’, ‘आई नो ह्वाट यू डिड लास्ट समर’ जस्ता धेरै फिल्ममा काम गरेकी छन् ।

    रिपोर्टका अनुसार एनी हेचेको लस एन्जलसमा शुक्रबार बिहान कारण दुर्घटना भएको थियो । अभिनेत्रीको कार लस एन्जलसको मार भिस्टाको वाल्ग्रोभ एभिन्यूमा रहेको भवनमा ठोक्कियो । उक्त दुर्घटनामा अभिनेत्री नराम्ररी जलेकी छन् । दुर्घटनापछि उनको कारमा आगो लागेको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया