• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कर्णाली समाचार

    गाउँपालिकाका निमित्त कार्यकारी प्रमुखविरुद्ध भ्रष्टाचारको मुद्दा

    387
    SHARES


    काठमाडौं । हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत टकदत्त प्याकुरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    वडा नम्बर १ थलान्नादेखि कल्खेसम्म र वडा नम्बर ४ को लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा ठेकेदारले फिल्डमा गरेको वास्तविक काम भन्दा नापी किताबमा बढी काम देखाई,झुट्टा बिल बनाएर भुक्तानी गरेको भन्दै निमित्त कार्यकारी अधिकृत प्याकुरेलसहित ४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार प्याकुरेलसँगै इन्जिनियर मकरध्वज शाही, असिस्टेन्ट सब-इन्जिनियर विनोद थापा र ठेकेदर गणेश भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

    उनीहरुले झुटा बिल बनाएर २१ लाख ४७ हजार ४९२ रुपैयाँ ७३ पैसा बढी भुक्तानी गरेको अख्तियारको दावी रहेको छ । उनीहरुलाई भ्रष्टाचार निवारण ऐन अनुसार ३ महिनादेखि ३ वर्षसम्म कैद गर्न र विगो बराबरको जरिवाना असुल गर्न अख्तियारले माग गरेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ