• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    आगामी निर्वाचनमा महिलाको कार्यकारी पद हरण नहोस् : सांसद पाण्डे

    429
    SHARES


    काठमाडौं । नेकपा एमालेकी सांसद विन्दा पाण्डेले सरकारका हरेक निकायमा लैंगिक आधारमा समावेशी र समानुपातिक प्रतिनिधि हुनुपर्ने संवैधानिक व्यवस्थामा छलफल गर्न २०७७ साल चैत महिनामा दर्ता गराइएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि संसदमा छलफल गराउन माग गरेकी छन् । आजको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद पाण्डेले यस्तो माग गरेकी हुन् ।

    त्यतिबेला छलफल नगराउँदा सत्ता गठबन्धनको नाममा महिलाको कार्यकारी पद हरण गरिएको बताउँदै उनले आगामी निर्वाचनमा फेरि पनि त्यस्तै अवस्था आउन सक्ने उनको अनुमान रहेको छ। त्यसैले उक्त प्रस्तावमाथि छलफल गराउन उनले माग गरेकी छिन् ।

    ‘आगामी निर्वाचनमा त्यसो हुन नदिन निर्वाचन सम्बन्धी कानुनको संविधानसम्मत संशोधन गरियोस् भनेर फेरि पनि संसद सचिवालयमा गत जेठमा ध्यानाकर्षण र साउन १६ गते जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएका छन् ।

    तर उक्त प्रस्ताव पनि आजको कार्यसूचीमा समावेश छैन,’ पाण्डेले भनिन्, ‘मंसिर ४ गतेका लागि निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा सरकार फेरि पनि संविधान मिचेर जाने सोचमा रहेको छ भने त्यो कदापी स्वीकार्य नहुने जानकारी गराउँदै उक्त प्रस्तावहरुमाथि छलफल गराउन सभामुखमार्फत् पहल होस् भन्ने माग गर्दछु ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ