• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    अदालत जान खोज्दा प्रहरीले कीन रोक्यो निहारिकालाई?

    445
    SHARES


    काठमाडौं । आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित प्रदर्शनरत २० वर्षकी निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी वृत्त सिंहदबारको टोलीले आइतबार बिहान सर्वोच्च अदालत परिसरबाट उनलाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले उनले निषेधित क्षेत्र तोडेकाले नियन्त्रणमा लिइएको बताएका छन् । उनले भने, ‘निषेधित क्षेत्रमा ब्यानर बोकेर गएपछि नियन्त्रणमा लिइएको हो ।’

    राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी थिइन् । घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग रहेको छ ।

    उनले आफूलाई ‘कुमारी आमा’का रुपमा चिनाउने गरेकी छन् । ‘विगतमा ५ बुँदे मागसहितको पूरा गर्ने झुठो आश्वासन दिएर अनसन तोड्न लगाउने टिमलाई पनि अझ कति दिन कुनुपर्छ ?’ उनले प्रश्न गरेकी छन्, ‘कुमारी आमाहरु मर्नै पर्ने हो ? कि माग पूरा गर कि हाम्रो बाँच्ने अधिकार छैन भनेर जवाफ देऊ ।’ आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलातकार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उनको भनाइ रहेको छ ।

    तर जिल्ला अदालत धनुषाले २४ माघ २०७८ मा श्रेष्ठलाई सफाइ दिएको छ । त्यसविरुद्ध उनी उच्च अदालत जनकपुर पुगेकी थिइन् । मुद्दा अदालतमा विचाराधीन छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ