• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    ट्राफिक प्रहरीले आजबाट ‘नो हर्न’ प्रभावकारी बनाउदै

    728
    SHARES


    काठमाण्डाै  काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान थालेको छ। आज एक कार्यक्रमको आयोजना गरेर पुनः काठमाण्डाै उपत्यकामा नो हर्न अभियानलाई प्रभावकारी बनाइने जनाइएको छ ।

    काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनमा काठमाण्डाै महानगरपालिका, पद्यकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेज तथा हस्पिटलसँगको सहकार्यमा यो अभियान सञ्चालन गरिएको हो ।

    ट्राफिक स्वयम्सेवक परिचालन समुद्घाटन कार्यक्रममा बोल्दै काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले नो हर्न अभियानलाई काठमाण्डाैमा पुनः प्रभावकारी रुपमा सञ्चालन गर्न लागिएको बताएका छन् ।

    उनले नो हर्न अभियान पहिलेदेखि सञ्चालन गरिए पनि कोरोना लगायत विभिन्न कारण प्रभावकारी बन्न नसकेकाले अब पुनः अभियानलाई प्रभावकारी बनाइन लागेको बताएका छन् । मेयर शाहले गाडीबाट आउने हर्नका कारण मानसिक तिक्तता हुनेजस्ता समस्या बढेकोले यसलाई प्रभावकारी बनाउन लागेको बताएका हुन् । उनले गाडी चालकहरुले पनि धैर्यता राखेर हर्न नबजाइकन यात्रा गर्न र नो हर्नको अभियानलाई सफल बनाउन आवश्यक रहेको बताए ।

    मेयर शाहलेभने, ‘पहिलादेखि नै लागू भएको हो । यसको अभ्यासलाई पुनः प्रभावकारी बढाउनुपर्छ भनेर यो अभियान सुरु गरेका हौँ । जनचेतना फैलाउन आवश्यक पनि भएको छ । गाडीहरुबाट आउने हर्नले डिस्टर्ब मात्रै नभएर मानसिक समस्या पैदा गरेको छ । यसले इरिटेशन एकदमै धेरै बढाइरहेको पाइएको छ । ट्राफिक व्यवस्थापन गर्नको लागि हर्न बजाउनु र नबजाउनुले पनि धेरै फरक पर्ने रहेछ । व्यवस्थापन मिलाउनमा नै गाह्रो भएको थियो । बाटोमा गाडी गुडाउँदा चालकले धैर्य राख्नुपर्छ ।’

    कार्यक्रममा काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख, प्रहरी नायब महानिरीक्षक मिरा चौधरीले नेपालको परिवेशमा नो हर्न अभियानलाई सफल बनाउन आवश्यक रहेको बताइन । उनले जनचेतनामूलक कार्यक्रमले समाजमा फरक कथा बनाउने पनि बताएकि छिन् ।

    काठमाण्डाै महानगरपालिकाले २०७३ साल चैत्र महिनामा नो हर्न अभियान सञ्चालन गरेको थियो । तर कोरोना लगायतका विभिन्न समस्याका कारण अभियान प्रभावकारी बन्न सकेको थिएन ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ