गुल्मी। रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु१ख १८६६ नंको ट्रक रेसुङ्गा-१० सिमिचौरमा पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका-३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको ज्यान गएको छ ।
आज विहान ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी गराएका हुन् । ट्रक बाटोबाट करिब दुई सय मिटर तल खसेको थियो ।
प्रतिक्रिया