• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    माैसम समाचार

    आज रातिदेखि पर्सि दिउँसोसम्म ठूलो वर्षाको छैन : मौसमविद्

    379
    SHARES


    काठमाण्डाै। आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुनेछ । अब आज रातिदेखि पर्सि दिउँसोसम्म भने ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् मानन्धरको भनाइछ।

    मनसुनी न्यून चापीय प्रणाली भारत  तर्फ सरेकाले आज रातिदेखि पर्सि दिउँसोसम्म  ठूलो पानी नपर्ने  उनले बताइन।  तर, त्यसपछि भने फेरि ठूलो वर्षाको सम्भावना छ । यस्तै, हल्कादेखि मध्यम वर्षा भए पनि पहिरोको जोखिम रहेकाले सर्तक रहन मौसमविद्को आग्रह रहेको छ ।

    साना नदी तथा खोलामा बाढी, पहिरोको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको हो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ