• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    साइकल खरिदमा भ्रष्टाचारगरेको आरोपमा मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग

    197
    SHARES


    काठमाडौँ। साइकल खरिद प्रकरणमा भएको भ्रष्टाचारको विषयलाई लिएर मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको आलोचना भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार साइकल खरिदमा भ्रष्टाचार भएको भन्दै १० जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

    साइकल खरिदमा अनियमितता भएको उजुरीपछि डेढ वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मार्दै दर्जन जति फाइल नियन्त्रणमा लिएको थियो । अख्तियारले उक्त फाइल नियन्त्रणमा लिएको एक दिन नबित्दै मुख्यमन्त्री लालबाबु राउतले पत्रकार सम्मेलन नै गरी अनियमितता पुष्टि गर्न चुनौती मात्र दिएनन्, भ्रष्टाचार ठहर भएमा राजीनामा दिने अभिव्यक्ति समेत दिए ।

    मुख्यमन्त्री कार्यालयमा छापा मारेको भन्दै त्यतिबेला अख्तियारविरुद्ध सत्तारुढ जनता समाजवादी पार्टी नेपालले आन्दोलन समेत गरेको थियो । अख्तियारले छापा मारेको डेढ वर्षपछि मुख्यमन्त्री बेटी बचाउ बेटी पढाउ अभियान अन्तर्गत खरिद गरिएको साइकलमा अनियमितता भएको भन्दै विशेष अदालतमा मुद्दा दर्ता भइसक्दा मुख्यमन्त्री राउत अहिले भने मौन बसेका छन् । उनको मौनताविरुद्ध अहिले प्रतिपक्षी दलदेखि नागरिक समाजले समेत मुख्यमन्त्री राउतलाई नैतिकताको आधारमा राजीनामा दिनुपर्ने भन्न गर्न थालेका छन् ।

    संघीय सरकारले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मिति घोषणा गरेसँगै मुलुक निर्वाचनमा जाँदै छ । तर साइकल खरिद अनियमितता प्रकरणलाई विपक्षी दलले भने राम्रै मुद्दा बनाउने देखिएको छ । त्यस्तै, मधेस प्रदेश सरकारले प्रदेश र राजधानीको नामकरण बाहेक आन्यकुनै काम सन्तोषजनक नदेखिएकाले नैतिकताको आधारमा समेत मुख्यमन्त्री राउत संकटमा परेको भन्दै तत्काल राजिनमा दिन माग गरेका हुन् ।
    बेटीको नामदेखि खुद्रे विकास निर्माणको नाममा भ्रष्टाचारमा लिप्त भएको देखिएकाले तत्काल मुख्यमन्त्री राउतले राजीनामा दिनुपर्ने प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रमुख सचेतक परमेश्वर साहको भनाइ छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ