• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार स्वास्थ्य

    सन् २०५० सम्म मुलुकमा क्षयरोग निर्मुल बनाइने कार्ययोजना

    195
    SHARES


    काठमाडौँ। सन् २०५० सम्ममा मुलुकलाई क्षयरोग निर्मुल बनाइने कार्ययोजना बनाइएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले आज आयोजना गरेको क्षयरोगमुक्त नेपाल अभियान कार्यक्रम पुनरावलोकन तथा विस्तार कार्यशाला गोष्ठी शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले यस कार्यका लागि गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका साथै अन्तर्राष्ट्रिय साझेदार संस्थाको सहयोगको खाँचो रहेको बताएका छन् ।

    हाल २५ स्थानीय तहमा क्षयरोगमुक्त अभियान सञ्चालन भइरहेको जानकारी दिँदै उनले आगामी चार वर्षभित्र सबै स्थानीय तहमा अभियान गरिने बताए । मन्त्रालयका निमित्त सचिव श्यामसुन्दर यादवले स्थानीय तहले हरेक घरमा यस्ता रोगीे खोजी गरेर केन्द्रमा तथ्याङ्क उपलब्ध गराएमा छिटोछरितो औषधि उपलब्ध गराउन सकिने पनि बताए ।

    जनकपुर उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले स्थानीय तहका जनप्रतिनिधिसँग सहकार्य र समन्वय गरी उक्त अभियान अगाडि बढाउन सकेमा धेरै सर्वसाधारण लाभान्वित हुने विचार व्यक्त गरे ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ