• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    हनी ट्रयापमा संलग्न दम्पतीलाई ७ वर्ष कैद र ७० हजार जरिवाना माग

    179
    SHARES


    काठमाडौँ। हनी ट्रयापको आरोपमा पक्राउ परेका सिन्धुलीको कमलामाई नगरपालिका-६ घर भएकी ३१ वर्षीया कल्पना बस्नेतसहित ३ जनाबारेको अनुसन्धान प्रहरीले पुरा गरेको छ । साउन १ मा उपत्यका अपराध अनुसन्धान कार्यालयले कल्पना, उनका श्रीमान ३१ वर्षीय कृष्णहरि खड्का र सिन्धुली घर भएर भक्तपुरको बालकोट बस्ने २८ वर्षीय संजय कार्कीलाई पक्राउ गरेको थियो ।

    उनीहरुमाथि अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताएका छन् । आपराधिक लाभ लिएको कसुरमा उनीहरुलाई ७ वर्ष कैद र ७० हजार जरिवाना गर्ने मागदाबी लिन प्रहरीले सरकारी वकिल कार्यालयलाई सुझाव सहितको प्रतिवेदन बुझाएको छ ।

    बौद्ध क्षेत्रमा बस्ने कल्पनाले चावहिलस्थित चप्पल पसमा भेटेको व्यापारीलाई हनी ट्रयापमा पारेकी थिइन् । सामाजिक संजालमा कुराकानी गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अघिल्तिरको होटलमा बोलाएर कल्पनाले ‘यौन दुव्र्यवहार’ गरेको आरोप लगाएर श्रीमान र संजय मार्फत मोलाहिजा गरेकी थिइन् ।

    कल्पानाको परिवारसँग पुर्व परिचित संजयले ‘म इन्स्पेक्टर हुँ’ भनेर व्यापारीलाई फोन गरेको र ४० लाख नदिएर बलात्कार मुद्दा हाल्ने धम्कि दिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ