• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    तालिमपछि १८ वर्ष नाघेका नेपालीहरूलाई रोजगारी दिनेगरी त्रिपक्षीय सम्झौता

    801
    SHARES


    काठमाडौँ। नेपाल सरकार लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उद्योग परिसंघ र हुलास स्टिलबीच त्रिपक्षीय सम्झौता भएको छ । लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले आफ्नो कार्यस्थलमा १८ वर्ष नाघेका नेपालीहरूलाई रोजगारीमूलक तालिम दिने प्रतिवद्धता सहित त्रिपक्षीय सम्झौता भएको हो ।

    उक्त सम्झौतापत्रमा केन्द्रका तर्फबाट उप-सचिव ऋषिराम पंगेनी, परिसंघको तर्फबाट महानिर्देशक दीपकराज जोशी र हुलास स्टिलको तर्फबाट ब्राण्ड एण्ड कर्पोरेट कम्युनिकेसन म्यानेजर रवि केसीले हस्ताक्षर गरे ।

    उक्त सम्झौता अनुसार ३ महिनाको तालिम पश्चात् हुलास स्टिलले २ वर्षको लागि रोजगारमुलक प्रशिक्षण कार्यक्रममा छनौटमा परेका व्यक्तिलाई नीति नियम अनुसार रोजगारीको अवसर प्रदान गर्नेछ ।

    त्यस्तै, प्रशिक्षण तालिम अवधिको न्युनतम खर्च भने नेपाल सरकारले व्यहोर्ने छ । कार्यस्थलमा आधारित रोजगारमुलक प्रशिक्षण कार्यक्रम सञ्चालन कार्यविधि,२०७९ मा रहेको प्रावधान अनुसार यो सम्झौता गरिएको जनाइएको छ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया