• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    लुम्बिनी समाचार

    लुम्बिनी प्राविधिक विश्व विद्यालयलको उपकुलपतिमा ढकाल नियुक्त

    1.1K
    SHARES


    बुटवल । लुम्बिनी प्रदेश सरकारले सञ्चालन गर्ने तयारी गरेको लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा विनोद ढकाल नियुक्त भएका छन् ।

    प्रदेश मन्त्रिपरिषद्को बैठकले ढकाललाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । गणित विषयका प्रोफेसर ढकाल रुपन्देहीको बुटवल उपमहानगरपालिका सेमलार निवासी रहेका छन् । ढकाल नेपाली कांग्रेस निकट हुन् ।

    सरकारले बाँकेको खजुरामा प्राविधिक विश्व विद्यालय स्थापना गर्ने तयारी गरेको छ । विश्वविद्यालय सञ्चालनका लागि ढकालको पहिलो नियुक्ति रहेको छ ।

    विश्व विद्यालय सञ्चालनका लागि धेरै काम गर्न बाँकी रहेकाले कहिलेदेखि सञ्चालनमा आउँछ भन्न नसकिने नवनियुक्त उपकुलपति ढकालले बताए का छन् ।

    सरकारले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमको अनुगमन अधिकृतमा ६ महिनाका लागि पत्रकार टेक सुनारलाई नियुक्त गरेको छ । चुनावको मिति घोषणा हुनु केही घण्टाअघि भएको मन्त्रिपरिषद् बैठकले गरेका अन्य निर्णयहरू औपचारिकरुपमा  भने सार्वजनिक भएका छैनन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया