• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    पूर्व विश्व च्याम्पियनको ७७ वर्षको उमेरमा निधन

    186
    SHARES


    काठमाडौं । पूर्व फेदरवेट विश्व च्याम्पियन अष्ट्रेलियन बक्सर जोनी फेमेचोनको निधन भएको छ । जोनीको ७७ वर्षको उमेरमा निधन भएको हो । सन् १९६९ मा लन्डनको अल्बर्ट हलमा क्युबाली जोसे लेग्रालाई अंकमा हराएर जोनी विश्व च्याम्पियन बनेका थिए ।

    जोनीले १९७० मा  मेक्सिकन भिसेन्टे साल्दिभरसँग हार्नु अघि जापानको फाइटिङ हाराडाविरुद्ध दुई पटक उपाधि रक्षा गरेका थिए । जोनीले ६७ फाइटमा ५६ फाइट जितेका थिए । जसमा २० नकआउट र ५ हार छ । उनी २००२ मा अष्ट्रेलियाको राष्ट्रिय बक्सिङ हल अफ फेममा समावेश भएका थिए ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ