• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    विशेष समाचार

    काठमाडौंको साँखुमा १० कक्षामा पढ्ने किशोरी मृत फेला

    1.1K
    SHARES


    काठमाडौँ। काठमाडौंको शंखरापुर नगरपालिका स्थित साँखुमा १० कक्षामा अध्ययनरत किशोरी मृत फेला परेकी छिन् । हुम्लाको आदमचुला गाउँपालिका-३ घर भई शंखरापुर-९ फुलालटारमा बस्ने १९ वर्षीया मायादेवी परियार मृत भेटिएकी हुन् ।

    डेरामा झुण्डिएको अवस्थामा फेला परेकी परियारको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । मायादेवीका श्रीमान साँखुस्थित सिटिइभिटीमा स्कलरसिपमा हाइड्रो इन्जिनियरिङ पढदै छन् ।

    बिहान कलेज गएका श्रीमान मध्यान्ह फर्किँदा पत्नी मृत अवस्थामा भेटिएपछि उनले छिमेकीलाई खबर गरेका थिए । हुम्लाबाट दुई महिनाअघि आएकी उनी साँखुस्थित स्कुलमा कक्षा १० मा भर्ना भएकी थिइन् । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ । पढाई कमजोर भएका कारण उनी चिन्तामा रहेको बताइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया