• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    खेलकुद

    श्रेष्ठ र तामाङलाई राखेपले दियो बधाई

    1.1K
    SHARES


    काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि नवनियुक्त राजदूत दानबहादुर तामाङको सम्मानमा बिहीबार बधाइ तथा शुभकामना कार्यक्रम आयोजना गर्दै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिएको छ ।

    राखेपले खेल क्षेत्रसँग सम्बन्धित दुवैलाई महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने अवसर पाएकोमा कार्यक्रम आयोजना गरी बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको हो । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले दुईपटक राखेपको सदस्य-सचिवको जिम्मेवारी सम्हाली सकेका छन् । तामाङ नेपाल भलिबल संघका पूर्व अध्यक्ष हुन् ।

    युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य-सचिव टंकलाल घिसिङ, सदस्यहरु नन्दा बस्याल, अन्जन धमला, जनक बर्तौला, विभागीय प्रमुख, शाखा प्रमुख, नेपाल ओलम्पिक कमिटीका पदाधिकारीलगायतले कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिँदै ताम्रपत्र प्रदान गरेका थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले खेलकुदसँग सम्बन्धित व्यक्तित्वले राज्यका तर्फबाट महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने अवसर पाएका दुवैले खेल क्षेत्रको विकासमा अझ योगदान दिनु हुने विश्वास व्यक्त गर्दै सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया