काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारले चुनावको मिति घोषणा गर्दा विपक्षीसँग छलफल नगरिएको बताएका छन् । बिहीबार बुटवलमा प्रेस चौतारी रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचन घोषणा हुनु स्वागतयोग्य भए पनि सरकारले विपक्षीसँग छलफल नगरेको बताएका हुन् ।
उनले सरकारले निर्वाचनको मिति घोषणा गर्दा प्रतिपक्षसँग छलफल नगरेको भन्दै असन्तुष्ट पोखे । तर उनले निर्वाचनको मिति घोषणाले एमाले खुसी भएको बताएका छन् । उनले जनता र एमालेको दबावकै कारण सरकार चुनावको मिति घोषणा गर्न बाध्य भएको बताए ।
उनले आगामी निर्वाचनबाट नेपालका कुनै पनि दलहरूको बहुमत नआउने बताए । प्रतिनिधिसभा विघटनको विषयमा आफूहरूले जनतालाई स्पष्टसँग बुझाउने नेता नेम्वाङको भनाइ छ । उनले पाँच दलीय गठबन्धन दूषित भएको पनि बताएका छन् ।
प्रतिक्रिया