• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    यु-२० साफ च्याम्पियनसिपमा सहभागी नेपाली टोलि स्वदेश फिर्कियो

    225
    SHARES


    काठमाडौँ। भारतमा आयोजना भएको साफ यु-२० साफ च्याम्पियनसिपमा सहभागी भइ बिहीवार नेपाली युवा टोली स्वदेश फर्किएको छ । आयोजक भारतसँगै नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाएको प्रतियोगितामा सहभागी भएर नेपाल टोली स्वदेश फर्किएको हो ।

    प्रतियोगितामा चार खेल खेलेको नेपालले दुई खेलमा जित, एक खेलमा हार र एक खेल बराबरी खेलेको थियो । उपाधिको लक्ष्यसहित भारत प्रस्थान गरेको टोलीले सुरुवाती दुई खेलमा राम्रो प्रदर्शन गरेपनि बाँकी दुई टोलीसँग अपेक्षा अनुसारको प्रदर्शन गर्न असफल भएको थियो ।

    कोरोनाका कारण उमेर समूहका खेल प्रभावित हुँदा खेलाडी खुला प्रतिष्पर्धाबाट छनोट गरिएको थियो । सुरुवाती दुई खेलमा सुखद् नतिजा निकाल्दा तारिफ पाएका प्रशिक्षक मेघराज केसीले भारतसँगको हारपछि आलोचित भएका थिए ।

    बिहीवार स्वदेश फर्किएका प्रशिक्षक केसीले तेस्रो खेलमा भारतसँग पराजयले दक्षिण एशियामा नेपाली टोलीको मिहेनेत नपुगेको स्वीकार गरे । केसीले मिहेनतका बाबजुत पनि नतिजा अपेक्षा अनुसारको नतिजा हात नलाग्दा आफु निकै दुःखी भएको बताए ।

    यस्तै कप्तान आयुष घलानले भारतसँगको हारले टोलीलाई धेरै पाठ सिकाएको बताए । फराकिलो पराजय भएपनि भारतसँगको खेलबाट नेपाली टोलीमा शारीरिक खेल र टेक्कनीकल विषयमा अझै मिहेनेत गर्न आवश्यक रहेको घलानको बुझाई रह्यो । भारतसँग फराकिलो हार हुनुमा खेलाडीमा अनुभव कम भएको कप्तान आयुषले बताए ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ