• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    कोरियामा एकैदिन एकलाख बढीमा कोरोन सङ्क्रमण पुस्टि

    196
    SHARES


    काठमाडौँ। दक्षिण कोरियामा २४ घण्टाको समयावधि अर्थात बुधबार मध्यरातसम्म एक लाख सात हजार आठ सय ९४ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ । यसैसँगै यहाँका कूल सङ्क्रमितको सङ्ख्या दुई करोड ६० लाख एक सय ५४ पुगेको स्वास्थ्य अधिकारीले बिहीबार बताएका छन् ।

    अघिल्लो दिनको तुलना कोभिड सङ्क्रमण केही घटेको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सीले जानकारी दिएको थियो ।

    याँ केसमध्ये, चार सय ३५ जना आयातीत रहेको जनाइएको छ । यद्यपि ४६ हजार तीन सय २९ जना कोरोनामुक्त भएका छन् । गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या ३१० पुगेको छ । यस अवधिमा थप ३४ जनाको मृत्यु भएपछि कोरोना शुरु भएबाट हालसम्म कूल मृतक सङ्ख्या २५ हजार १४४ पुगेको छ । कूल मृत्युदर ०.१२ प्रतिशत रहेको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ