काठमाडौं । चिनियाँ नागरिकलाई अपहरण गरेर एक करोड रुपैयाँ फिरौती माग्ने समूहमा नेपाल प्रहरीका दुई अधिकृत पनि संलग्न रहेको खुलेको छ । चिनियाँ नागरिकलाई अपहरण गरी नयाँ बसपार्कमा बन्धक बनाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये दुई जना प्रहरी पनि रहेका छन् ।
उच्च अदालतका एक न्यायाधीशका पीएसओ रहेका हवल्दार ३७ वर्षका कर्ण गुरुङ र प्रहरी वृत्त बालाजुका घुमुवा २८ वर्षका शिव सुनुवार पक्राउ परेका छन् । पक्राउ पर्ने अन्यमा वर्ष २८ का लक्ष्मण गुरुङ, वर्ष २९ का रोहित मगर, वर्ष २८ का विशाल मगर र वर्ष २७ का विनोद केसी रहेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया