काठमाण्डाै। सप्तकोसीको बाढीबाट प्रभावितका लागि एकद्वार प्रणालीबाट राहत सङ्कलन गर्ने र एकद्वार प्रणालीबाटै राहत वितरण गरिने भएको छ ।
गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विज्ञप्ति निकालेर प्रभावितहरुलाई एकद्वार प्रणालीबाट राहत सङ्कलन गरी वितरण गरिने जनाएको छ । राहत सङ्कलनको काम सुरु भइसकेको प्राधिकरणका प्रवक्ता डाक्टर डिजन भट्टराईले बताए ।
राहतका लागि भन्दै नेपाल रेडक्रस सोसाइटीले एक सय थान त्रिपाल र एक थान हेल्मेट उपलब्ध गराएको छ भने उदयपुर र सुनसरीका जिल्लाका प्रमुख जिल्ला अधिकारी वा प्रमुख जिल्ला अधिकारीले तोकेका अधिकृत र दुवै नगरपालिकाका मेयरको संयोजनमा राहत वितरण गरिने विज्ञप्तिमा जनाइएको छ ।
सप्तकोसी नदीमा पानीको सतह केही कम भएको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार अस्ति राति र हिजोको तुलनामा आज पानी केही कम भएको छ । हिजो बिहान सप्तकोसीको भङ्गालो फुटेर बस्तीमा पस्दा झन्डै १५ सय घरपरिवार प्रभावित भए ।
प्रतिक्रिया