• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    पेलोसीको भ्रमणपछि चीनद्वारा ताइवानमाथि थप प्रतिबन्धको घोषणा

    1K
    SHARES


    काठमाडौँ। अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चीनले विश्व नेताहरूलाई ताइवान भ्रमण गर्नबाट रोक्न नसक्ने बताइन् । बुधबार स्वशासित टापुको भ्रमण समाप्त गरेपछि पेलोसीले यस्तो धारणा राखेकी हुन्।

    ‘दुःखको कुरा चिनियाँ कम्युनिष्ट पार्टीको आपत्तिका कारण हालै विश्व स्वास्थ्य संगठनले विश्वव्यापी बैठकहरूमा ताइवान भाग लिनबाट बन्चित भएको छ’, पेलोसीले विज्ञप्तिमा भनेकी छिन् ।

    एसिया भ्रमणका क्रममा मंगलबार पेलोसी ताइवानको भ्रमण गरेकी थिइन् । चीनको विरोध र अन्तर्राष्ट्रिय चासोबीच उनले टापुको भ्रमण गरेकी हुन् । उनको भ्रमणपछि चीनले ताइवानमाथि थप प्रतिबन्धको घोषणा गरेको छ ।

    भ्रमणको विरोधमा चीनको विदेश मन्त्रालयले बेइजिङका लागि अमेरिकी राजदूत निकोलस वन्र्सलाई बोलाएको थियो भने चिनियाँ उप-विदेश मन्त्री झी फेङले पेलोसीको भ्रमणको प्रकृति ‘दुष्ट’ भएको भन्दै अमेरिकाले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएका छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया