• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति समाचार

    राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको मातहतमा राख्नुपर्ने गगन थापाको भानाई

    595
    SHARES


    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रतिगुप्तचरी क्रियाकलाप गर्न अदालतको पूर्वस्वीकृति अनिवार्य बनाउनुपर्ने बताए ।

    सरकारमा रहेकाहरुले शक्तिको दुरुपयोग गर्नसक्ने भन्दै उनले प्रतिगुप्तचरी क्रियाकलापका लागि अदालतको पूर्वस्वीकृति अनिवार्य गरिनुपर्ने बताएका छन् ।

    बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल विशेष सेवा विधेयक, २०७६ को सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद थापाले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको मातहतमा राख्नुपर्ने बताए ।

    ‘राष्ट्रिय अनुसन्धान विभाग हाम्रो परम्परा, प्रचलन, अभ्यास र यसलाई सञ्चालन गर्नसक्ने क्षमता मन्त्रालयका हिसावले गृह मन्त्रालयसँग मात्रै छ,’ उनले भने, ‘प्रधानमन्त्री कार्यालयको धेरै ठूलो पुनर्संरचना गर्‍यौँ भने त्यतिखेर हाम्रो अर्गनाइजेशन म्यानेजमेण्ट चेन्ज गर्ने सन्दर्भमा यो सान्दर्भिक होला ।

    होइन भने अरु सबै गृह मन्त्रालय अन्तर्गत रहने, गृह मन्त्रालयले सञ्चालन गर्ने अनुसन्धान विभाग चाहीँ अलग्ग लगेर राख्नुको औचित्य स्थापित हुँदैन ।’

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ