• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेता र कर्मचारीले पैसा लुकाउने चिन्ता गर्दा देश बिग्रिन थाल्यो : मन्त्री चौधरी

    603
    SHARES


    काठमाडौँ। शहरी विकास मन्त्री मेटमणि चौधरीले नेता तथा कर्मचारीले पैसा लुकाउने ठाउँबारे चिन्ता गर्न थालेपछिनै मुलुक बिग्रिन थालेको बताए ।

    बुधबार राजधानीमा आयोजित मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को समीक्षा तथा आगामी वर्षको कार्यक्रम कार्यान्वयनबारे ३ दिने गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।

    सरकारमा सहभागी भएपछि मन्त्री नै अवैध आम्दानी, सन्तानका लागि सम्पत्ति जोड्ने, कमिसनमा ध्यान दिने र कर्मचारी पनि त्यही क्रियाकलापमा संलग्न हुने गरेको मन्त्री चौधरीले बताएका हुन् ।

    उनले भने, “नेता, मन्त्री र सरकारी कर्मचारी नै अकुत सम्पत्ति आर्जन गरेर पैसा कहाँ लुकाउने भन्ने चिन्ता गर्न थालेपछि देश बिग्रियो । यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्छ ।”

    सबैको सकारात्मक प्रतिबद्धताले मात्र देश निर्माण हुन सक्ने बताएका मन्त्री चौधरीले आगामी आर्थिक वर्षमा मन्त्रालयले कार्य प्रगति र कार्यक्रम कार्यान्वयनमा थप फड्को मार्ने पनि विश्वास व्यक्त गरेका छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ