काठमाडौँ। काठमाडौंमा तरकारीको बोरामा लुकाएर लागू औषधको कारोबार हुने गरेको खुलेको छ ।
नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले तरकारीको बोरामा लुकाएर ल्याएको ९४७ बोतल प्रतिबन्धित लागू औषध डाइलेक्स डीसीसहित ३ जनालाई नियन्त्रणमा लिएकोछ।
पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका-६ का २१ वर्षका सन्तोष भन्ने विपिन कुशवाह, प्रदेश २ -०३-००१ च २५०९ नम्बरको गाडी चालक रौतहटको गरुडा नगरपालिका-९ का २५ वर्षका सुभाष राय यादव र गरुडा नगरपालिका-८ का १९ वर्षका मोहम्मद असफाक आलम रहेका छन् ।
उनीहरुलाई काठमाडांैंको जडिबुटीबाट पक्राउ गरेको लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकास राज खनालले जानकारी दिएका छन् ।
प्रतिक्रिया