• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश

    कारोबार रकम बढे पनि नेप्से आज ६ अंकले घट्यो

    305
    SHARES


    काठमाडौँ। बुधबार सेयर बजार परिसूचक नेप्सेमा ६ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन ६.७२ अंकले घट्दै नेप्से सूचक २१ सय ८६.७६ अंकमा झर्न पुगेको हो ।

    तर, यस दिन सूचक घटेपनि यता कारोबार रकममा भने वृद्धि भएको छ । नेप्सेका अनुसार ६ अंकमाथिले घटेको बजारमा आज ४ अर्बमाथिको कारोबार भएको छ । अघिल्लो दिन २.७६ अंकले घटेको बजारमा ३ अर्ब २९ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

    आज १३ वटा उपसूचक मध्ये चार वटा बाहेक अन्य उपसूचक ऋणात्मक भएका छन् । ट्रेडिङ समूहको उपसूचक ३.८१ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूहको उपसूचक १.६४ प्रतिशतले, म्युचुअल फन्ड समूहको उपसूचक ०.२२ प्रतिशतले र माइक्रोफाइनान्स समूहको उपसूचक ०.१५ प्रतिशतले बढेको छ ।

    यता, अन्य ९ वटा उपसूचकहरू १ प्रतिशतभन्दा कम दरले घटेका छन् । यस दिन एक दर्जन कम्पनीहरूको सेयर मूल्यमा ५ प्रतिशतमाथिले वृद्धि भएको छ भने तीन वटा कम्पनीका सेयर धनीहरूले तीन प्रतिशत भन्दा माथिले नै गुमाएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ