• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नारायणगढ-मुग्लिन सडक खण्ड फेरि अवरुद्ध

    1K
    SHARES


    काठमाडौँ । नारायणगढ-मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारीमा फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

    सोमबार राति पहिरो गएसँगै अवरुद्ध सडक लामो समयको प्रयासपछि मंगलबार राति १० बजेपछि सञ्चालनमा आएको थियो। संचालनमा आएको केही समयमा नै पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराती २ बजे सो स्थानमा पहिरो खसेको थियो ।

    लेदोसहित खसेको पहिरोमा एक भारतिय ट्रक फसेको छ । ट्रकमा रहेका यात्रुहरूको सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ । पहिरो खस्दा यात्रामा रहेका यात्रुहरु अलपत्र परेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ