• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    पेलोसीको भ्रमणले ताइपेईमा तनाव, २१ चिनियाँ लडाकु जेट ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश

    1.3K
    SHARES


    काठमाडौँ । २० भन्दा बढी चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा उडेका ताइपेईका अधिकारीहरूले बताएका छन् । अमेरिकी सभाकी सभामुख न्यान्सी पेलोसी स्वायत्त टापुको विवादास्पद भ्रमण सुरु गरेपछि ताइवानको वायु रक्षा क्षेत्रमा चिनियाँ सैन्य विमान उडेको ताइवानका अधिकारीहरुले बताएका छन् ।

    टापुको रक्षा मन्त्रालयले ट्वीटरमा जारी गरिएको एक विज्ञप्तिमा भनिएको छ, ‘ओटा २१ ओटा चिनियाँ जनसेनका विमान ताइवानको दक्षिण पश्चिम एडीआईजेड २ अगस्टमा प्रवेश गरेका छन् ।’

    सभामुख पेलोसी मंगलबार साँझ ताइवान पुगेकी थिइन् । चिनियाँ सेनाले ‘लक्षित सैन्य कारबाही’ सुरु गर्ने चेतावनी दिँदै आएको छ । दशकौँपछि अमेरिकी उच्च अधिकारीले ताइवानको भ्रमण गरेका हुन् ।

    चीनको कडा विरोधबीच पेलोसी एसिया भ्रमणका क्रममा ताइवान पुगेकी थिइन् । चीनले अमेरिकालाई ‘आगोसँग खेलिरहेको’ चेतावनी दिएको छ ।

    ताइवानको सम्भावित भ्रमणलाई लिएर चीनले अमेरिकाको विरोध गर्दै आएको थियो । एसिया भ्रमणको क्रममा सभामुख पेलोसिले ताइवान जाने अमेरिकी विदेश मन्त्रालयले केही उल्लेख गरेको थिएन । पेलोसीले आज बिहान ताइवानका राष्ट्रपति साई इङ्ग–वेनलाई भेट्ने कार्यक्रम रहेको जनाइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया