• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    अमेरिकी सभामुख पेलोसीले ताइवान भ्रमण गरे सैन्य हमला गर्ने चीनको चेतावनी

    1.2K
    SHARES


    काठमाडौँ। अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेमा सैन्य आक्रमण गर्ने चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले अमेरिकी सभामुखले ताइवानको भ्रमण गरेमा त्यो आगोसँग खेलेसरह हुने चेतावनी दिए समाचार संस्था एएफपीले जनाएको छ ।

    चीनले यसअघि पनि पटक-पटक पेलोसीले ताइवानको भ्रमण गरेमा कडा जवाफ दिने र यसको जिम्मेवार अमेरिका नै हुने चेतावनी दिइसकेको छ । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले चीनले न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई सैन्य उक्साहटका साथ जवाफ दिन सक्ने बताएका बीबीसीले जनाएको छ । चीनले ताइवान नजिकै क्षेप्यास्त्र प्रहार गर्ने वा ठूलो मात्रामा हवाई वा नौसेना गतिविधिहरू समावेश हुन सक्ने किर्वीले बताए ।

    अमेरिकी प्रतिनिधि सभाकी सभामुख पेलोसी एसिया भ्रमणमा हुनुहुन्छ । सिङ्गापुर भ्रमणबाट मलेसिया पुग्नुभएकी पेलोसी आज राति सुटुक्क ताइवान जान सक्ने खबर ताइवानी सञ्चारमाध्यमले दिएका छन् ।

    तर अमेरिकी सरकारले पेलोसीको ताइवान भ्रमणको पुष्टि गरेको छैन । ताइवानलाई चीनले आफ्नो भूमि दाबी गर्दै आएको छ । चीनका संयुक्त राष्ट्र सङ्घका दूत झाङ जुनले यो भ्रमणले बेइजिङ र वाशिङ्टनबीचको सम्बन्धलाई कमजोर बनाउने चेतावनी दिका छन् ।

    पेलोसीले लामो समयदेखि चिनियाँ नेतृत्वको आलोचना गर्दै आएका छन् । चीनले मानव अधिकारको उल्लङ्घन गरेको र बेला-बेला नरसंहार मच्याउँदै आएको अभिव्यक्तिका कारण सभामुख पेलोसीलाई चीनमा निकै खराब नजरले हेर्ने गरिन्छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया