• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    म्याग्दी पहिराे : एकै परिवारका पाँच जनाकाे ज्यान गयाे

    1.1K
    SHARES


    म्याग्दी। म्याग्दीको मालिका गाउँपालिकाऔ-२ रुमको तामेङ गाउँमा गएकाे पहिरोमा परेर एकै परिवारका पाँच जनाकाे ज्यान गएकाे छ । आज बिहान गएकाे पहिराेमा परेर ३६ वर्षीय घामबहादुर विक, ३४ वर्षीया राममाया विक, ७ वर्षीया अस्मी पटेल, १८ वर्षीय नवीन विक र १४ वर्षीय राजन विककाे ज्यान गएकाे हाे ।

    पहिराेमा परेर ६५ वर्षीय गाेठे विक र ६३ वर्षीया गाेरी विक गम्भीर घाइते भएकि छिन् । आज बिहान बस्तीमाथिबाट खसेको पहिरोले घामबहादुर विक र गोठे विककाे घर बगाएकाे थियाे । पहिराेमा परेका दुई जनाकाे घटनास्थलमै र अन्य बेपत्ता तीनजनाकाे शव पुरिएकाे अवस्थामा भेटिएकाे हाे।

    जिल्ला प्रहरी कार्यालय म्याग्दीले घाइते दुई जनालाई रुम स्वास्थ्यचौकीमा उपचार गरी मौसम अनुकूल भएपछि थप उपचारका लागि दरबाङ पठाउने तयारी भइरहेको जानकारी गराएको छ ।

    बेपत्ता भएका उनीहरुको खोजीका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोलीसहित स्थानीयवासी घटनास्थलमा पुगेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया