• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    पेलोसीको सम्भावित भ्रमणबारे ताइवानका प्रधानमन्त्रीको प्रतिक्रिया

    631
    SHARES


    काठमाडौँ। ताइवानका प्रधानमन्त्रीले जुनसुकै विदेशी अतिथिलाई ‘न्यानो स्वागत’ गर्ने बताएका छन् । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुखको सम्भावित ताइवान भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री सु त्सेङ-चाङले उक्त धारणा राखेका हुन् ।

    सभामुख पेलोसी अहिले एसिया भ्रमणमा छन् । भ्रमणका क्रममा उनी ताइवान जाने अनुमान गरिएको छ । उनको सम्भावित ताइवान भ्रमणबारे अमेरिकी विदेश मन्त्रालयले केही उल्लेख गरेको छैन् । तर उनको सम्भावित भ्रमणलाई लिएर बेइजिङ सशंकित बनेको छ ।

    पेलोसीको एसिया भ्रमणको पूर्वसन्ध्यामा ताइवान नजान चीनले चेतावनी दिएको छ । आगोसँग नखेल्न पनि उसले वासिंगटनलाई चेतावनी दिएको छ । ताइवानले पाहुनाका लागि ‘सबैभन्दा उपयुक्त प्रबन्ध’ गर्नेछ र उनीहरूको योजनालाई सम्मान गर्ने प्रधानमन्त्री सु त्सेङ–चांगले जानकारी दिए ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ