• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    कामु प्रधानन्यायाधीश कार्की भन्छन मैले प्रचण्डसँग भेटेको छैन

    1.4K
    SHARES


    काठमाडौँ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले प्रचण्डसँग आफ्नो भेटघाट नभएको बताएका छन् । सोमबार कामु प्रधानन्यायाधीश कार्कीले प्रचण्डसँग भेट गरेको भनी आएका समाचार कपोलकल्पित रहेको बताए ।

    यसअघि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको घरमा नै पुगेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुईघण्टा भेटघाट गरेको दाबी गर्दै समाचार प्रकाशन भएका थिए । संवैधानिक नियुक्ति लिएका ५२ जना माननीयको मुद्दा संवैधानिक इजलासमा राखिएकै दिन गत बुधबार प्रचण्डले कामु प्रधानन्यायाधीशसँग दुई घण्टा भेट गरेको दाबी गर्दै समाचार प्रकाशन भएका थिए ।

    प्रचण्डसँग भेट गरेको समाचारको सम्बन्धमा गत शुक्रबार सर्वोच्चका न्यायाधीशहरुले समेत कामु प्रधानन्यायाधीशसँग जवाफ मागेका थिए । जवाफमा कामु प्रधानन्यायाधीश कार्कीले आफूले प्रचण्डसँग भेट नगरेको र भेट गर्नुपर्ने कुनै कारण पनि नभएको बताएका थिए ।

    सोही सम्बन्धमा सोमबार कार्कीले उक्त समाचारमा कुनै सत्यता नरहेको र आफूले प्रचण्डसँग भेट्नुपर्ने कारण पनि नभएको बताए । कार्कीले भने, ‘जब संवैधानिक नियुक्ति र माधव नेपालहरूको मुद्दा पेसीमा चढ्छ, अनि यस्ता समाचार तयार पारिन्छ र प्रकाशन गरिन्छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया