• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    अमेरिकाले युक्रेनलाई ५५० मिलियन डलर बराबरको थप हतियार उपलब्ध गराउदै

    685
    SHARES


    काठमाडौँ। अमेरिकाले सोमबार रसीयासँग लडिरहेका युक्रेनी सेनाका लागि थप हतियार उपलब्ध गराउने भएको छ । अमेरिकाले उपलब्ध गराउने हतियारमा रकेट लन्चरहरू र आर्टिलरी बन्दुकहरूका लागि गोला बारुद समावेश छ ।

    ५५० मिलियन डलरको नयाँ प्याकेजमा एचाईएमएआरएस भनेर चिनिने उच्च गतिशीलता भएको उन्नत रकेट प्रणालीका लागि थप गोला बारुद समावेश छ छ । त्यस्तै, तोपखानाका लागि गोला बारुद सहयोग पनि प्याकेजमा उल्लेख गरिएको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले जानकारीलाई दिए ।

    सहयोगमा १५५ एमएम आर्टिलरी गोलाबारुदका ७५ हजार राउन्डहरू पनि समावेश छन् । २४ फेब्रुअरीमा रुसले हमला गरेपछि अमेरिकाले किभलाई बारम्बार हतियार सहयोग प्रदान गर्दै आएको छ ।

    यसैबीच, रुसी सेनाको कब्जामा रहेको खेर्सनलाई पुनः कब्जा गर्न युक्रेनी सेनाले विभिन्न रणनीति अपनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ