काठमाण्डाै। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले जनसरोकारका सवालमा आफ्नो पार्टीले अगुवाइ गर्ने बताएक छन् । जनसरोकारका विषयमा राज्यलाई जवाफदेही बनाउन खबरदारी स्वरूप आज साेमवार काठमाण्डाैमा एमालेले आयोजना गरेको जनप्रदर्शन कार्यक्रमलाई समापन गर्दै महासचिव पोखरेलले यस्ताे बताएका हुन् ।
नागरिककाे सवाललाई उठाउने जिम्मेवारी एमालेको काँधमा आएको र अब महँगी, भ्रष्टाचार र राष्ट्रिय हितविरुद्ध नागरिक सडकमा आउनुपर्ने पनि उनले बताए । नागरिक र देशका विरुद्ध षड्यन्त्र गर्नेलाई नागरिकले नछाड्ने उल्लेख गर्दै उनले आजको प्रदर्शन आन्दोलनको थालनी भएको बताएका छन् ।
जनप्रदर्शन आयोजक कमिटीका संयोजक एवम् पार्टीका स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले अब हुने चुनावबाट एमालले जनमत प्राप्त गर्ने भएकाले उत्साहका साथ लाग्न कार्यकर्तालाई आग्रह पनि गरेका छन् । जनप्रदर्शन दिउँसो २ बजे वसन्तपुरमा मिसिएर भित्री सहर प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटी हुुँदै शान्तिवाटिकामा पुगेर समापन सभामा परिणत भएको थियो ।
प्रतिक्रिया