• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    राष्ट्रहितलाई तिलाञ्जली दिन नसकिने केपी ओलीको भनाइ

    466
    SHARES


    काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेकको भूभागलाई नेपाली नक्सामा सामेल गरेपछि प्रधानमन्त्रीबाट हट्नुपरेको बताएका छन् ।

    पूर्वसचिव द्वारिकानाथ ढुंगेलद्वारा लिखित ‘चक्रव्यूहमा नेपाली जलस्रोत’ शीर्षकको पुस्तक विमोचन कार्यक्रममा बोल्दै ओलीले लिम्पियाधुरा र लिपुलेकलाई नेपाली नक्सामा सामेल गरेकै कारण प्रधानमन्त्रीबाट हट्नुपरेको बताएका हुन् । उनले सुगौली सन्धीको चर्चा समेत गरे ।

    ‘सुगौली सन्धिमा महाकाली पारीको भूभाग नेपालको भनेपछि विवादको विषय नै हुन सक्दैन । तर नेपालको नक्साबाट त्यो भूभाग हटाइएको रहेछ । त्यसलाई सामेल गरेपछि म प्रधानमन्त्रीबाट हट्नुपर्नेछ भन्ने थाहा थियो ।

    नभन्दै हट्नुपर्यो पनि’, ओलीको दावी छ । सुगौली सन्धिले महाकाली नदीलाई सिमाना मानेपछि लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग नै भएकोमा विवाद नरहेको पनि ओलीको भनाइ छ ।

    उनले आफुहरु कसैका विरुद्ध नरहेको भन्दै आफ्नो राष्ट्रियताका पक्षमा रहेको बताए । ओलीले शब्दजालले काम नगर्ने पनि बताए । ‘कुटनीति त्यतिबेला हुन्छ, बेइमानी गरेर, राष्ट्रिय हित छाडेर कुनै राष्ट्रिय हित हुँदैन’, उनले भने, ‘कुटनीति राष्ट्रिय हितप्रति समर्पित भएर राष्ट्रहितमा अडेर सफलता प्राप्त गर्नु कुटनीति हुन्छ ।’ उनले देशलाई आमासँग तुलना गरिएको भन्दै राष्ट्रहितलाई तिलाञ्जली दिएर कुनै पनि बेठीक कार्य गर्न नसकिने बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ