• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    घटेर आयो इन्धनको मूल्य, पेट्रोल र हवाई इन्धनमा नाफा

    835
    SHARES


    काठमाडौं । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)बाट इन्धनको मूल्य घटेर प्राप्त भएको छ । सोमबार प्राप्त नयाँ मूल्यअनुसार पेट्रोल र हवाई इन्धनको मूल्यमा निगम नाफामा गएको छ भने डिजेल र खाना पकाउने ग्याँसमा अझै घाटा रहेको निगम स्रोतले बताएको छ ।

    नयाँ मूल्यअनुसार पहिले भन्दा पेट्रोलमा प्रतिलिटरमै १६ रुपैयाँ घटेर मूल्य प्राप्त भएको छ । यस्तै डिजेलमा १२ रुपैयाँ र हवाई इन्धनमा ९ रुपैयाँ प्रतिलिटर मूल्य घटेको छ । खाना पकाउने एलपीजी ग्याँसको प्रतिसिलिण्डर मूल्य ७८ रुपैयाँ घटेर आएको छ ।

    नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा २ रुपैयाँ नाफा छ भने डिजेलमा ९ रुपैयाँ ५० पैसा अझै घाटा छ । यस्तै एलपीजीमा ५ सय रुपैयाँ प्रतिसिलिण्डर घाटा रहेको निगमको दाबी छ । नयाँ मूल्यपछि पछिल्लो १५ दिनमा निगमलाई समग्रमा ६४ करोड रुपैयाँ घाटा रहेको भन्दै निगमले उपभोक्ता मूल्य घट्ने नघट्ने बारे बोर्ड बैठकले निर्णय गर्ने जनाएको छ ।

    बोर्ड अध्यक्ष एवं वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय मुलुकबाहिर भएका कारण बोर्ड बैठक नै अनिश्चित भएको निगमले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ