• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    एसपीपी र प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणबारेको छलफलमा परराष्ट्र मन्त्री र प्रधानसेनापति अनुपस्थित किन?

    676
    SHARES


    काठमाडौं । संसदको ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मुल्यांकन समिति’ले एसपीपी र प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणबारेको छलफल गर्न परराष्ट्र मन्त्री नारायण खड्का र, परराष्ट मन्त्रालयका सचिव, प्रधानसेनापति, नेपाली सेनाका अधिकारीहरु, रक्षा मन्त्रालयका सचीवलाई बोलाएको थियो ।

    मध्याह्न सवा १२ बजे बोलाइएको बैठकमा साम्सदहरु उपस्थित भएका थिए । तर सभापति निरादेवी जैरुले केही मिनेट अघि परराष्ट्रमन्त्री अनुपस्थित हुने जानकारी प्राप्त भएको समिति सदस्यहरुलाई जानकारी गराइन् ।

    ‘परराष्ट्र मन्त्री र प्रधानसेनापतीलाई दस्तावेज सहित उपस्थित हुन भनेका थियौ । तर, परराष्ट्रमन्त्रीले बिशेश काम परेको पनि उपस्थित हुन नसक्ने जानकारी केहीबेर अघिमात्रै आयो । रक्षा सचीवले पनि परराष्ट्र मन्त्रीको उपस्थितिमा मात्रै उपस्थित हुने जानकारी दिनुभयो।’ सभापति जैरुले जानकारी दिइन् ।

    परराष्ट्रमन्त्री र प्रधानसेनापती अनुपस्थित भएपछि समिति बैठक मूल विषय छाडेर विविधअन्तर्गत ‘संवैधानिक निकायमा हुने नियुक्तिमा समावेशिताका सवाल कतिको सम्बोधन भएको छ ?’ भन्नेमा केन्द्रित भएको छ ।

    समिति सभापति जैरुका अनुसार एसपीपी र प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणबारे परराष्ट्र मन्त्रीको समय लिएर अर्को बैठक राखिनेछ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ