• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    काभ्रेस्थली घटना : सुनिताको माइती पक्षको अवरोधले गर्दा शव उठाउन ढिलाई

    807
    SHARES


    काठमाडौं । तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली, पदमसालमा एकै घरमा मृत भेटिएका ४ जनाको शव उठाउन ढिलाइ भएको छ ।

    मृत भेटिएका सुनिता काप्री पाण्डेको माइती पक्षले घटनाको अनुसन्धानको माग गर्दै शव उठाउन अवरोध गरेपछि शव उठाउन  ढिलाइ भएको प्रहरीले बताएको छ ।

    उनीहरुले पति दिनेश र सुनिताबीच विवाद रहेको र दिनेशले सम्बन्धबिच्छेद गर्न चाहेको बताए। तर सुनिताले अस्वीकार गरेकी थिइन् । पछिल्लो समय सुनिता बेलायत जाने तयारी गरेपछि परिवारमा विवाद बढेको थियो ।

    सोमबार विहान दिनेश, सुनितासँगै उनीहरुको छोरा आशिक र आशिका पनि मृत भेटिएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानले दिनेशले पत्नी, छोरा र छोरीको हत्या गरेर आफूले आत्महत्या गरेका हुन् ।

    घटनाबारे जानकारी पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालय र त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विज्ञको टोली घटनास्थल पुगेको थियो । फरेन्सिक विज्ञले पनि मृतकहरुमा धारिलो हतियार प्रहार भएको देखिएको पुष्टि गरेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ