काठमाडौँ। पछिल्लो समय मुलुकभर दिनप्रतिदिन कोभिड-१९ संक्रमितको संख्या बढ्दै गएको छ । संक्रमितको संख्या बढिरहँदा सरकारले यसअघि कै उपचार केन्द्रलाई पुन: उपचार केन्द्र तोकेको हो । सातै प्रदेशका मुख्य-मुख्य अस्पतालमा उपचार गर्न सरकारले निर्णय गरेकोछ । गम्भीर र माध्यम अवस्थाका संक्रमितको उपचार गर्न अस्पताल तोकेको छ ।
प्रदेश १ को कोशी अस्पताल विराटनगर र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान । मधेश प्रदेशको जनकपुरको प्रादेशिक अस्पताल र नारायणी अस्पताल विरगञ्ज । बागमती प्रदेशको शुक्रराज ट्रपिकल, त्रीवी शिक्षण अस्पताल, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगाएत् चितवनको भरतपुर अस्पताललाई तोकेको छ ।
गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरी अस्पताल बागलुङ । लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भेरी अस्पताल नेपालगञ्ज ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेत प्रादेशिक अस्पताल वीरेन्द्रनगर । डडेलधुरा अस्पताल डडेलधुरा र सेती प्रादेशिक अस्पताल कैलालीमा कोभिड संक्रमितको उपचार गर्न समेत सरकारले व्यवस्था गरेको जनाइएको छ ।
प्रतिक्रिया