• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    मोटरसाइकल दुर्घटनामा घाइते दुवै चालकको गयो ज्यान

    1.2K
    SHARES


    काठमाडौँ। महोत्तरीको बर्दिबास-सम्सी सडकखण्डमा गत साउन ४ गते दुई मोटरसाइकल एकापसमा ठोक्किँदा गम्भीर घाइते दुवै चालकको मृत्यु भएको छ । घटना भएका दिन एउटा मोटरसाइकल चालकको मृत्यु भएको थियो भने अर्का मोटरसाइकल चालकको आज मृत्यु भएको हो ।

    आज मृत्यु हुनेमा जिल्लाको गौशाला नगरपालिका-४ बस्ने श्याम यादवका छोरा २५ वर्षीय कृष्णा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । यसअघि घटना भएका दिन एउटा मोटरसाइकलका चालक जिल्लाको औरही नगरपालिका- २ बस्ने विनेश यादवका छोरा २४ वर्षीय विवेकको मृत्यु भएको थियो ।

    प्रदेश २-०२-००१प. ८६७९ नं को मोटरसाइकलमा चढेर बर्दिबासबाट सम्सी जाँदै गरेका विवेकलाई विपरित दिशाबाट प्रदेश २-०२-००३प ७७३८ नम्बरको मोटरसाइकलमा चढेर आउँदै गरेका कृष्णाले गौशाला नगरपालिका-२ स्थित सडकमा आमनेसामने ठक्कर दिएका थिए ।

    सो ठक्करमा गम्भीर घाइते भएका विवेकलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । यता कृष्णालाई जिल्लामा आवश्यक उपचार गराइ थप उपचारका लागि काठमाडौँ स्थित बीएण्ड बी अस्पतालमा लगिएको थियो ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया