News Portal

  • कैलालीमा नेकपा कार्यकर्ता र प्रहरीबीच झडप, दर्जनौं घाइते, १९ गिरफ्तार (फोटो फिचर)

    संचारकेन्द्र संवाददाता
    २५९२ पटक

    कैलाली, २४ चैत ।

    कैलालीमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा परी प्रहरीसहित करिब १ दर्जन बढी नेकापा कार्यकर्ता घाइते भएको बताइएको छ।

    दिउसो साढे २ बजेको समयमा धनगढीस्थित चौराहामा दोहोरो झडपपछि प्रहरीले पूर्व सभासद डबल बहादुर शाहसहित नेकपाका १९ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको बताइएको छ ।

    गिरफ्तार पर्नेहरुमा डबल शाह, दल बहादुर धामी, विनोद विष्ट, विरेन्द्र शाह, विष्णु देवकोटा, रामु सुनार, फुलराम चौधरी, नन्दे आउजी, कालु बादी, विस्नु देवकोटा, नरेश वोहरा, तिलक वोहरा, नन्दी महर, शंकर वोहरा, धनेश भुल, राकेश कोली, वसन्त जप्रेल, सुवास रोकाया, भगिराम नेपाली रहेका छन् ।

    नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी  र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले संयुक्त रुपमा गरेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको थियो ।

    जनआन्दोलन दिवसको अवसर पारेर उनीहरुले प्रदर्शन गरेका थिए । २०४६ साल चैत २४ गते संयुक्त जनआन्दोलन संयोजन समितिले आन्दोलन सुरु गरेको थियो । नेपालका धेरैजसो कम्युनिस्ट पार्टीले यसै दिनलाई जनआन्दोलन दिवसको रुपमा मनाउँदै आएका छन् ।

    आफुहरुले शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको नेकपाले जनाएको छ । बिहिबार नेत्र बिक्रम चन्द ‘विप्लव’, मोहन वैद्य, मोहन विक्रमसिंह र ऋषिराम कट्टेल नेतृत्वका चार कम्युनिष्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।

    बिहिबार बसेको चार दलको बैठकले नेपालका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध गर्ने आधार तयार पार्न बहस र छलफललाई निरन्तरता दिँदै तत्काललाई संयुक्त आन्दोलन गर्ने निर्णय गरेको थियो ।

    बैठकपछि चारै दलका नेताहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री केशी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा यसअघि नेपाल भारतबीच भएका असमान सन्धी सम्झौताको कार्यन्वयन गर्ने तयारीको विरोध गर्ने जनाइएको थियो।

    चैत २४ गते दुवै देशका प्रधानमन्त्रीले अरुण तेस्रो परियोजनाको दिल्लीबाट संयुक्त रुपमा उदघाटन गर्ने निर्णयको विरोधमा सोही दिन काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्ने, शान्तिपूर्ण संगठन, भेला र संघर्षमा दमन गरेकोमा त्यसको विरोध र भत्र्सना गर्ने र वैशाख ३ गते चारवटै पार्टीले अन्तरक्रिया गर्ने निर्णय गरेका थिए ।

    यस्तो छ गिरफ्तार पर्नेहरुको नामावली

    २०७४ चैत २४ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सुनसरीमा प्रहरी र लुटेराबीच गोली हानाहान, एकको मृत्यु, यस्तो छ थप बिबरण

    सुनसरी । जिल्लाको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक गएराति प्रहरी र भारतीय डाँका समूहबीच...

    कांग्रेसमा झाङ्गिदै गुट राजनीति, गोप्यरुपमा सम्पन्न भयो संस्थापन इतर पक्षको बैठक

    काठमाडौं । नेपाली कांग्रेसमा गुट राजनिती झाँगिदै गएको छ । आइतबार साँझ हुने संस्थापन पक्षसँगको...

    अब २१ दिनभित्र कार्यक्षेत्र नपुग्ने कर्मचारीलाई अवकाससम्मको कारबाही

    काठमाडौं । सरकारले कर्मचारी समायोजनलाई अनिवार्य र बाध्यकारी बनाउँदै सक्दो छिटो सम्पन्न गर्नेगरी कानुनी व्यवस्था...

    देउवाइतरका नेताहरुको भेला प्रकाशमान सिंह निवासमा, यस्तो भयो सहमति

    काठमाडौँ । सोमबार बस्ने केन्द्रीय समिति बैठकमा धारणा बनाउन नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा इतका...

    जाडोमा आफ्नो छाला कसरी जोगाउने ? थाहा पाउनुहोस् यस्तो छ उपाय

    काठमाडौं । जाडोमा विभिन्न प्रकारका छालाका समस्या देखापर्न सक्छन्। चिलिब्लेन्स जाडोमा बढी देखिने समस्या हो।...