• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश समाचार

    प्रतितोला ४०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि घट्यो

    210
    SHARES


    काठमाडौँ। आज सुनको मूल्य घटेको छ।  प्रतितोला ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघले आजको भाउ तोक्दै सुनको मूल्य घटेको जानकारी दिएको गरायको हो । यसैगरी, आज चाँदीको मूल्य पनि घटेको महासंघले जनाएको छ ।

    जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ छ । हिजो आइतबार छापावाल सुनको मूल्य ९५ हजार ८०० र तेजाबी सुनको मूल्य ९५ हजार ३०० रुपैयाँ थियो ।

    गत साताको शुक्रबारको तुलनामा हिजो आइतबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको थियो । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६०० र तेजाबी सुनको मूल्य ९५ हजार १०० रुपैयाँ रहेको थियो ।

    सुनको मूल्य घटेको दिन चाँदीको मूल्य पनि घटेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १२ सय २० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ । हिजो आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ