• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    अफगानिस्तानमा सत्तापलट गरेको तालिबानलाई अमेरिकाले जवाफदेही बनाउने

    641
    SHARES


    एजेन्सी । अमेरिकाले अफगानिस्तानलाई आतंकारीको सुरक्षित आश्रयस्थानमा परिणत नगर्ने प्रतिवद्धताहरूका लागि तालिबानलाई जवाफदेही बनाउने जनाएको छ । अफगानिस्तानका लागि अमेरिकी नियोगका प्रमुख इयान म्याककरीले यस्तो धारणा राखेका हुन् ।

    ‘दोहामा गत वर्ष, हामीले महत्वपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्न तालिबानसँग वार्तालाई अगाडि बढाएका छौं । हामीले अमेरिकी नागरिक र अफगान जनतासँग संलग्न अन्यहरूलाई व्यापक कन्सुलर सेवाहरू प्रदान गरेका छौँ । हामी मद्दत गर्न सक्षम भएकोमा म खुसी छु’, एक ट्वीटमा उनले भनेका छन् ।

    अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्न मानव अधिकारको सम्मान गर्न पनि उनले आग्रह गरे । १ अगस्टमा तालिबानले सत्तापलट गरेपछि मानव अधिकारको उल्लंघन गरेको अन्तर्राष्ट्रिय समुदायले गुनासो गर्दै आएका छन् ।

    यसैबीच अफगानिस्तान र इरानको सीमामा दुई देशका सुरक्षा गार्डबीच भि डन्त भएको छ । अफगानिस्तानको निमरोज प्रान्त र इरानको हिरमान्डमा पर्ने सीमा क्षेत्रमा आइतबार भएको लडाइँमा आफ्ना एक सैनिक मारिएको काबुलले जनाएको छ ।

    उक्त झडपका लागि एक देशले अर्को देशलाई दोष दिएको छ । १ वर्षअघि तालिबानले सत्तापलट गरेपछि इरानसँगको सीमा क्षेत्रमा बारम्बार झडप हुने गरेको छ ।

    पछिल्लो झडपको वास्तविक अवस्था स्पष्ट छैन । निमरोजका प्रहरी प्रवक्ता बहराम हकमलले भने, ‘हाम्रोतर्फ एक जनाको मृत्यु हुनुका साथै अर्का एक जना घाइते भएका छन् । ’इरानतर्फ कुनै मानवीय क्षति नभएको प्राप्त विवरणमा जनाइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ