• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    १३ एसपीको काज सरूवा, चार जिल्लामा फेरिए प्रमुख, सूचीसहित

    0.9K
    SHARES


    काठमाडौँ । नेपाल प्रहरीका १३ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरूवा भएको छ। आइतबार प्रहरी प्रधान कार्यालयले १३ जना एसपीको सरूवा गरेको हो।

    यस्तै चार जिल्लाका प्रमुख पनि फेरिएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरमा नेपाल प्रहरी विशेष सुरक्षा गण जनकपुर, धनुषामा रहेका ज्ञानेन्द्रप्रसाद फुयालको सरूवा गरेको छ।

    नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा वीरगन्ज, पर्साका प्रभुप्रसाद ढकाललाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा सरूवा गरेको छ।

    काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगन्जमा रहेका दिलिप घिमिरेलाई जिल्ला प्रहरी कार्यालय इलाममा पठाएको छ।

    लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर, बाँकेमा रहेका रमेश पण्डितलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटमा सरूवा गरेको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया