• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा सूर्य संग्रौला नियुक्त

    684
    SHARES


    काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा सूर्य संग्रौला नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले प्रतिष्ठानको रजिष्ट्रारमा सूर्य संग्रौला नियुक्त भएको पुष्टि गरेका हुन् ।

    प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले संग्रौलालाई रजिस्ट्रारको जिम्मवारी दिएका हुन् ।

    प्रतिष्ठानका तत्कालीन रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी विवादमा परेपछि राजीनामा दिएका थिए । उनको राजीनामा गत भदौ २४ गते स्वीकृत गरैसँगै त्यसयता रजिष्ट्रार पद रिक्त थियो । संग्रौला नेपाली कांग्रेसका नेता डिला संग्रौलाका श्रीमान हुन् ।

    यसैगरी, प्रतिष्ठानको अस्पताल निर्देशकमा डा. जगतप्रसाद नियुक्त भएका छन् । यसअघि उनी अस्पतालका सहायक निर्देशक थिए । प्रतिष्ठान सिनेट सदस्यमा डा. ज्ञानेन्द्र मल्ल र डा. स्मृति कार्की पनि मनोनित भएको मन्त्रालयले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ