• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विशेष समाचार

    प्रहरीले मोबाइल चोर खोज्दा चाँदीका ‘मूर्ति चोर’ भेटेपछि…!

    1.2K
    SHARES


    काठमाडौँ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको एउटा टिमले चोरी भएको मोबाइलबारे निगरानी गरिरहेको थियो । मोबाइल ललितपुरको बालकुमारीमा ‘एक्टिभ’ भयो । सो मोबाइल चलाउने व्यक्ति थिए- भारत मोतिहारी घर भएर बालकुमारीमा बस्दै आएका सुनिल कुमार जैसवाल ।

    मोतिहारीको घोडासानका २९ वर्षीय जैसवालको कवाडी संकलन गर्ने गोदाम छ । जैसवाललाई पक्रेर अनुसन्धान गर्दा गोदामबाट २५१ तोला चाँदीका मूर्ति र गहना फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

    २०७९ जेठ ९ मा राति बुद्धनगर बस्ने रोशन भण्डारीको डेराबाट मोबाइल र ल्यापटप चोरी भएको थियो । सो चोरीबारे अनुसन्धान गर्दा जैसवाल पक्राउ परेका हुन् । जैसवालले चोरीका गहना र सामान जानीजानी खरिद गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी कोइरालाले जानकारी दिए ।

    जैसवालको डेराबाट प्रहरीले चोरीका सुनका गहना ९ ग्राम, टिभी ३ थान, कम्यूटर मनिटर २ थान, चरेशको गाग्री, थाल, कचौरा र पानि तान्ने मेशिन लगाएका सामान बरामद गरेको छ । गोदामबाट प्रहरीले विभिन्न देशका मुद्रा पनि बरामद गरेको छ ।

    अरोपीमाथि चोरी मुद्दामा म्याद लिएर थप अनुसन्धान गरिने एसपी कोइरालाले जानकारी दिएका छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया